अब विमास्थलमा सामान हराए तत्काल क्षतिपूर्ति

३१ भदौ, काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरी विमानस्थल सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा निकायका प्रमुख डिआईजी सूर्यप्रसाद उपाध्यायले सो विमानस्थलको सुरक्षाको उचित व्यवस्थापनको काममा तीव्रता दिइएको जानकारी गराएका हुन् ।

उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ समेत ध्यानमा राखेर सो विमानस्थलको सुरक्षाका लागि थप सय वटा सिसीटिभी क्यामेरा समेत जडान गर्न लागिएको जानकारी दिए । हाल सो विमानस्थलमा ३ सय ४५ वटा सिसीटिभी क्यामेर जडान गरिएको छ ।

त्यसमा सय वटा थप गरेर विमानस्थलको सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउन लागिएको डिआईजी उपाध्यायले बताए । विमानस्थलको सुरक्षाका लागि हाल सय वटा सिसीटिभी क्यामेर जडानको काम भईरहेको छ ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ मा कुनै प्रतिकूल असर नपरोस् भनेर पनि सो विमानस्थलको सुरक्षाका लागि आवश्यक प्रविधि जडानको कामलाई प्राथमिकता दिइएको पनि विमानस्थलले जनाएको छ ।

डिआईजी उपाध्यायले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कुनै पनि समान नहराउने भरपर्दो व्यवस्था गरिएको पनि दावी गरे । सबै ब्यागेजहरु सिसीटिभी क्यामेराको निगरानीमा राखेर यात्रुलाई दिने काम गरिएको पनि विमानस्थलको दावी छ ।

डिआईजी उपाध्यायले एयरलाईन्सहरुले कुनै पनि यात्रुको सामान हराए सम्बन्धित एयरलाईन्सबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गरिएको पनि बताए ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले सो विमानस्थलको व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग आवश्यक समन्वयको कामलाई पनि प्राथमिकता दिइएको बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top