NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating बुधबार माघ ७ , २०८२
1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır? बुधबार माघ ७ , २०८२
Najlepsze Kasyno Online w Polsce 2026 बुधबार माघ ७ , २०८२
GGBet Casino Online Graj w gry kasynowe na pieniądze Poland बुधबार माघ ७ , २०८२
LIVE DEALER CASINO IGRE बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

अभिभावकसँग किन टाढिँदैछन् सन्तान ?

मङ्लबार जेष्ठ २५ , २०७८
Reading Time: 1 min read
A A
अभिभावकसँग किन टाढिँदैछन् सन्तान ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ जेष्ठ, रासस ।
मोबाइल फोनको बढ्दो प्रयोगले किशोरकिशोरी तथा बालबालिकाको दैनिकीमा समस्या आउन थालेको छ ।

साथै उनीहरू अभिभावकसँग टाढिँदै गएका छन् । लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या किशोरकिशोरी तथा बालबालिकामा देखिन थालेका छन् ।

पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने उनीहरूको ध्यान अहिले मोबाइल फोनबाहेक अन्त नहुँदा समस्या हुन थालेको हो ।

LS Auto

घरबाहिर जाने, लामो समय घरमा नआउने तथा साथीभाइको सङ्गतमा सदैव डुल्याडुल्यै गर्ने आफ्नो १९ वर्षीय छोरा घरभित्रै बसिरहन थालेपछि कैलाली घोडाघोडी नगरपालिका–१० का पुरोषत्तम जैशी खुसी थिए ।

छोरो घरभित्रै बस्न थालेपछि पहिलाजस्तो दिनभर घरबाहिर साथीभाइसँग डुल्न नजाने भयो भन्ने कुराले खुसी भएका जैशी अहिले छोरा घरभित्रै भएर पनि परिवारसँग एक्कासि टाढिएको देखेर चिन्तित छन् ।

घरभित्रै रहे पनि जुनसुकै समयमा मोबाइल चलाइरहने, इन्टरनेटमा गेम तथा सामाजिक सञ्जालको एकोहोरो प्रयोग गरिरहने, कसैले बोलाए झर्किने तथा झोक्राउने गरेका कारण जैशीमा चिन्ता थपिएको हो ।

आधुनिक विकासको एक स्वरूप मोबाइल फोन भएको र यो अहिले प्रायः धेरैको हातमा पुगिसकेको अवस्थामा जवान, वृद्धदेखि बालबालिका सबैमा मोबाइलको अत्यधिक लत बसेको बताउँछन् राष्ट्रिय कलेज सुखडका उपप्राध्यापक प्रभात बोगटी ।

बाबुआमाले पनि बच्चालाई मोबाइल दिएर भुलाउने गरिरहेका कारण निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा तनाव हुने, आँखा दुख्ने, टाउको दुख्ने, बाबुआमासँग धेरै नबोल्ने, बोलाउँदा तीन चारपटकसम्म बोलाउनुपर्ने, पढाइप्रति लगाव कम हुने, अश्लील चित्र र भिडियोको लत बस्ने, साइबर अपराधतिर तानिने समस्याहरू देखिन सक्ने भएकाले अभिभावक समयमै सचेत रहनुपर्ने बोगटी बताउँछन् ।

समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने बोगटीको भनाइ छ । उनीहरूले मोबाइलको ठाउँमा खेल खेलाउने, कहानी भन्ने, बच्चासँग आफू पनि सँगै खेल्ने, चित्र कोर्ने आदि उपायबाट बालबालिकामा बसेको मोबाइलको लत छुटाउन सकिने उनी बताउँछन् ।

लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी, उदासीनता, निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने मनोविद् सीता भण्डारीको भनाइ छ ।

उनी भन्छिन्, लगातार मोबाइल चलाइरहनाले ढाड दुख्ने, टाउको दुख्ने, घाँटी र गर्दन दुख्ने, आँखामा समस्या, खान मन नहुने, तौल घट्नेलगायतका शारीरिक लक्षण पनि देखिने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।

लगातार इन्टरनेट वा मोबाइल चलाइरहने छोराछोरीलाई अभिभावकले उनीहरूको व्यवहार परिमार्जन गर्न सहयोग गर्नुपर्ने मनोविद् भण्डारीको भनाइ छ ।

मोबाइल नचलाई नमान्ने बच्चा भए घरका काम दिने र सो काम सकेपछि सकेको इनामका रूपमा मात्र केही समय प्रयोग गर्न दिने, यसो गर्दा मोबाइल प्रयोग विस्तारै घट्ने तथा दिनमा केही समयका लागि फोन बन्द गर्न लगाई बच्चासँग आफूले समय बिताउने काम पनि अभिभावकले गर्नुपर्ने भण्डारी बताउँछिन् ।

यसो गर्दा विस्तारै मोबाइल प्रयोग कम हुनसक्ने उनको भनाइ छ ।

लोकप्रीय

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२

Najlepsze Kasyno Online w Polsce 2026

बुधबार माघ ७ , २०८२

विचार

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२

Najlepsze Kasyno Online w Polsce 2026

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२
Verde Casino

Najlepsze Kasyno Online w Polsce 2026

बुधबार माघ ७ , २०८२
GGBET Casino

GGBet Casino Online Graj w gry kasynowe na pieniądze Poland

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

00:24:53

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

हालका पोस्टहरू

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२

Najlepsze Kasyno Online w Polsce 2026

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.