Nepal Times
Nepal Times
3
Shares

अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, सोमबार काठमाडौं आइपुग्ने

अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, सोमबार काठमाडौं आइपुग्ने

७ कार्तिक, काठमाडौं ।

अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् नेपाललाई थप खोप सहयोग गर्न लागेको जानकारी दिएको हो।

१ लाख ६ सय २० डोज खोप अनुदान स्वरूप दिन लागेको दूतावासले जनाएको छ। सो खोप सोमबार काठमाडौं आइपुग्नेछ।

यसअघि अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसन खोप दिएको थियो। योसँगै अमेरिकाले नेपाललाई १५ लाख ३० हजार खोप सहयोग गरेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.