अमेरिकाले दुई दिनभित्र टिकटक र वीच्याट एप डाउनलोड गर्न प्रतिबन्ध लगाउने

३ आश्विन, एजेन्सी ।

अमेरिकाले दुई दिनभित्र चिनियाँ एप टिकटक र वीच्याट डाउनलोडमा प्रतिबन्ध लगाउने भएको छ।

अमेरिकाको वाणिज्य विभागले दुई दिनभित्र दुवैलाई यूएस एप स्टोरबाट हटाउने जनाएको छ। त्यसपछि कोही पनि अमेरिकी नागरिकले यी एप डाउनलोड गर्न सक्ने छैनन्। च्याटिङ, भिडिओ शेयरिङ र मोबाइल भुक्तानी जस्ता काममा प्रयोग हुने वीच्याट आइतबारदेखि अमेरिकामा आधिकारिक रुपमा नै बन्द हुनेछ।

Advertisement

छोटो भिडिओको प्लेटफर्मका लागि प्रयोग हुने टिकटकको प्रयोग भने १२ नोभेम्बरसम्म गर्न सकिने छ। त्यसपछि टिकटकमाथि पनि पूर्ण प्रतिबन्ध लाग्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै सम्झौताका लागि सहमत भए मात्र यो प्रतिबन्ध रोकिने छ। अमेरिकी कम्पनी ओरैकल र टिकटकको स्वामित्व भएको बाइट डान्स कम्पनीबीच सम्झौता भएर ट्रम्प प्रशासनले त्यसलाई स्वीकृति दिए यो प्रतिबन्ध रोकिने जनाइएको छ।

ट्रम्प प्रशासनले चिनियाँ एप राष्ट्रिय सुरक्षाका लागि खतरा बन्न सक्ने जनाउँदै आएको छ। यी कम्पनीले अमेरिकी प्रयोगकर्ताका निजी सूचना चीनलाई दिएको पनि ट्रम्प प्रशासनको आशंका छ। तर, चीन र दुवै कम्पनीले यो आरोपलाई अस्वीकार गरिसकेका छन्।

अमेरिकाको वाणिज्य विभागको निर्णयबाट निराश भएको र यसमा सहमत हुन नसकिने टिकटकले जनाएको छ। ट्रम्प प्रशासनको चिन्ताको मध्यनजर गर्दै कम्पनीले अतिरिक्त पारदर्शिताका लागि प्रतिबद्धता जनाइसकेको टिकटकले जनाएको छ।

टिकटकले भनेको छ, “हामी अन्यायपूर्ण आदेशको चुनौती दिइरहनेछौँ। यो आदेश सही प्रक्रिया पालन नगरी जारी गरिएको छ। यसले साना कारोबारको भविष्य संकटमा पारेको छ।” अमेरिकी नागरिकका लागि आफ्नो आवाज उठाउने र रोजीरोटीको दुवैको साधनको रुपमा प्रयोग भइरहेको पनि टिकटकले जनाएको छ।

वीच्याटको स्वामित्व भएको टेन्सेन्ट कम्पनीले यो प्रतिबन्धलाई दुर्भाग्यपूर्ण भएको बताएको छ। कम्पनीले अमेरिकी सरकारसँग समस्याको दीर्घकालीन समाधानका लागि छलफल पनि जारी राख्ने जनाएको छ। (बीबीसी)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top