डिजे बजाएको निहुँमा विवाद भएपछि सर्लाहीमा कर्फ्यू

३ असोज ७७, शनिबार
Share this
784shares

३ आश्विन, सर्लाही ।
सर्लाहीको सदरमुकाम मलंगवा बजारमा कर्फ्यू लगाइएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार साढे १ देखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो। प्रशासनले मलंगवा–३ विश्वकर्मा चोकबाट विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच विवाद बढेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

शुक्रबार मूर्ति सेलाउन डिजे बाजासहित ट्याक्टरमा गइरहेका हिन्दु समुदायका मानिसहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि वादविवाद भएको थियो। डिजे बजाएको निहुँमा वादविवाद भएको विषयमा शुक्रबार बिहान फेरि दुई समुदाय आमनेसामने भएका थिए।

Advertisement

हिन्दु र मुस्लिम पक्षबीच उक्त विषयलाई लिएर तनाव बढेपछि प्रशासनले कर्फ्यू लगाएको प्रशासकीय अधिकृत प्रमोद यादवले बताए। प्रशासनका अनुसार शनिबार बिहानै दुवै समुदाय निस्केपछि तनाव झनै बढेको थियो। दुई समुदायबीच अप्रिय स्थिति आउन नदिन कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top