२७ जेठ, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि भूमिकास्थान–९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएको स्थानीय माधव घिमिरेले जानकारी दिए । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।
गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।