२१ कात्तिक, काठमाडौँ ।
अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले पूँजीगत खर्च बढाउन चुनौति रहेको बताएका छन् । अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर रहेकाले बजेट खर्च बढाउन चुनौति रहेको श्रेष्ठले बताउका हुन् ।
शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै आर्थिक सल्लाहकार श्रेष्ठले अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन चुनौतिपूर्ण रहेको बताए । अहिले पनि तीन वटै तहका सरकारले विभिन्न आयोजनामा खर्च गर्नुपर्ने २ खर्ब भन्दा बढी रकम खर्च हुन नसकेकोले चुनौति रहेको बताए । पूँजीगत खर्च बढाउने तर्फ मन्त्रालयले विशेष ध्यान दिएको पनि उनले बताए । यस्तै अहिले पूरक बजेट ल्याउनुपर्ने आवश्यकता नरहेको पनि श्रेष्ठले स्पष्ट पारे । बजेटलाई परिमार्जन गर्ने भन्दा पनि कार्यान्वयन पक्षमा जोड दिइएको उनले बताए ।
अहिलेकै सरकारले ल्याएको बजेट भएकाले परिमार्जन गर्ने भन्दा पनि प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । विभिन्न क्षेत्रमा पुरक बजेट ल्याउने चर्चा भएपनि आवस्यकता नरहेको स्पष्ट पारे । चालु आर्थिक वर्षको दोस्रो त्रैमास भर्खरै सुरु भएकाले पनि अहिले नै बजेटमाथि समिक्षा गर्ने बेला भइनसकेको पनि उनले बताए ।