अश्लिल फोटो र भिडियो बनाएर धम्की दिने पक्राउ

१५ पुस ७४, आइतबार

झापा, पुस १५
झापाको अर्जुनधारास्थित एक चिया बगानमा महिला र पुरुषको अश्लिल फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका अर्जुनधारा–९ का १७ बर्षीय बिजयबहादुर मगर र सोही ठाउँका नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार अर्जुनधारा–११ स्थित गिरीबन्धु टी इस्टेटमा गत बिहीबार घुम्दै तस्वीर खिचिरहेका उनीहरुलाई अभियुक्तहरुले खुकुरी देखाई अश्लिल गतिवधी गर्न लगाएका थिए ।

खिचिएको अश्लिल तस्वीर भाइरल बनाइ दिने भन्दै धम्क्याएर अभियुक्तहरुले पिडितहरुको साथमा भएको १२ हजार दुई सय रुपैयाँ लुटेका थिए । अभियुक्तले थप एक लाख रुपैयाँ माग गरेपछि बिर्तामोड आइपुगेका पीडित भागेर इलाका प्रहरी कार्यालय पुगेर प्रहरीलाई घटनाको विषयमा जानकारी गराएका थिए ।

प्रहरीको टोली चिया बगान पुग्दा महिलालाई पूर्ण रुपमा कवडा विहिन अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । एक लाख रुपैयाँ माग गर्दै बिर्तामोडसम्म ल्याउने कार्यमा नवीन डाँगी संलग्न भएको र घटनामा संलग्न एक व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नलाई जवरजस्ती करणी उद्योग र लुटपाट मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top