२९ भदौ, काठमाडौं ।
सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । चैतमा लकडाउन भएपछि आन्तरिक उडान र लामोदूरीका यातायात बन्द थिए ।