अस्ट्रेलियाको न्यू साउथ वेल्समा भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित

505SHARES

८ चैत, काठमाडौँ । अस्ट्रेलियाको न्यू साउथ वेल्समा मुसलधारे वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

बाढीका फसेकाहरुको उद्दार गरिएको छ । न्यू साउथ वेल्सको तल्लो क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको छ ।

सिड्नीका केही क्षेत्रमा पनि बाढीका असर पर्न सक्ने भन्दै खाली गराइएको छ । सिड्नीको उत्तरी क्षेत्रका कयौँ नागरिकको उद्दार गरिएको छ ।

केही दिनदेखिको अविरल वर्षाले सिड्नी र आसपासका बस्तीका सडक जलमग्न छन् । सिड्नीमा झण्डै ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको बारागम्बा बाँधमा हिजो पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि त्यस आसपासका बस्तीमा उच्च सतर्क रहन भनिएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण