NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

आईपीएल : पन्जाबकाे नाटकीय हार, कोलकाता २ रनले विजयी

शनिबार अशोज २४ , २०७७
Reading Time: 1 min read
A A
आईपीएल : पन्जाबकाे नाटकीय हार, कोलकाता २ रनले विजयी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पन्जाब कोलकाता नाइट राइडर्ससँग नाटकीय २ रनको हार बेहोरेको छ । शेख जायद स्टेडियम आबूधाबीमा आज भएको आइपिएलको २४ औं खेलमा एक समय सहज जिततर्फ अगाडि बढेको पन्जाबका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा २ रनको झिनो नाटकीय हार बेहोर्न पुगेको हो ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाउन सक्यो । पन्जाबलाई अन्तिम ६ बलमा जितको लागि १४ रन आवश्यक थियो । तर स्पिनर सुनिल नारायणले ११ रन मात्र खर्चेर १ विकेट लिएपछि कोलकाताले नाटकीय जित हात पारेको हो ।

LS Auto

एक समय पन्जाब सहज जिततर्फ अगाडि बढेको थियो । पन्जाबलाई जितको लागि अन्तिम १८ बलमा मात्र २२ रन आवश्यक रहँदा हातमा ९ विकेट रहेको थियो । तर १८ औं ओभरमा नारायणले २ रन मात्र दिएर १ विकेट दिए । १९ औं ओभरमा कृष्णाले २ विकेट लिएर ६ रन खर्चेपछि पन्जाबको जित कठिन बनेको थियो ।

अन्तिम ओभरको पहिलो बलमा स्पिनर सुनिल नारायणले ग्लेन म्याक्सवेललाई २ रन दिए । दोस्रो बल डट गराए । तेस्रो बलमा म्याक्सवेलले चौका प्रहार गरे । चौथो बलमा लेग वाईका रुपमा एक रन बटुले । पाँचौ बलमा मनदीप सिंह क्याच आउट हुन पुगे । अन्तिम बलमा म्याक्सवेलले चौका प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त थिएन ।

लोकेश राहुलले ५८ बलमा ६ चौका सहित ७४ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । राहुललाई प्रसिद्ध कृष्णाले १९ औं ओभरको अन्तिम बलमा बोल्ड आउट गरेपछि खेलले नयाँ मोड लिएको थियो । राहुलले ब्यक्तिगत दुई रनमा जीवनदान पाएका थिए । प्रसिद्ध कृष्णाको दोस्रो ओभरको दोस्रो बलमा बलमा ठूला सट खेल्न खोजेका राहुललाई लङअनमा आन्द्रे रसेलले क्याच छोड्न पुगेपछि जीवनदान पाएका थिए । त्यो जीवनदानको राहुलले फाइदा उठाएपनि अन्त्यमा अन्य ब्याट्सम्यान चल्न नसक्दा पराजित हुन पुगेको हो ।

पन्जाबका ओपनर मयंक अग्रवाल र लोकेशले पहिलो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी सहज जित बाटोमा डोर्याएका थिए । यी दुई ओपनरको साझेदारी १५ औं ओभरको दोस्रो बलमा प्रसिद्ध कृष्णाले अग्रवाललाई ५६ रनमा सुभमन गिलबाट क्याच गराउँदै तोडेका थिए । अग्रवालले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

१८ औं ओभरको दोस्रो बलमा सुनिल नारायणले निकोलस पुरनलाई १६ रनमा बोल्ड आउट गरे । पुरनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । म्याक्सवेल १० रनमा अविजित रहे । कोलकाता प्रसिद्ध कृष्णाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सुनिल नारायणले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । अन्तिम बलमा रन आउट हुनुअघि कार्तिकले २९ बलमा ८ चौका र २ छक्का सहित महत्वपूर्ण ५८ रनको योगदान दिए । गिल ४७ बलमा ५ चौका सहित ५७ रनमा रन आउट हुन पुगे । चौथो विकेटका लागि गिल र कार्तिकले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको चौथो बलमा ओपनर राहुल त्रिपाठीलाई ४ रनमा बोल्ड आउट गर्दै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको तेस्रो बलमा सुभमन गिलसँग तालमेल नमिल्दा नितेश राणा २ रनमा रन आउट भएपछि कोलकाता सुरुवातमा दबाबमा परेको थियो ।

तेस्रो विकेटका लागि ओईन मोर्गन र गिलले ४९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । स्पिनर रबि बिश्रोईले ११ औं ओभरको चौथो बलमा मोर्गनलाई म्याक्सवेलबाट २४ रनमा क्याच आउट गराए । मोर्गनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । १८ औं ओभरको पाँचौ बलमा दुई रन लिनेक्रममा गिल रन आउट हुन पुगेका थिए ।

युवा तीव्र गतिका बलर अर्शदीप सिंहले १९ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई प्रभशिम्रन सिंहबाट ५ रनमा क्याच आउट गराए । प्याट कमिन्स ५ रनमा अविजित रहे । कोलकाता तीन ब्याट्सम्यान रन आउट भएका थिए । रबि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा १ मेडन सहित २५ रन खर्चेर १ विकेट लिए ।

जितसँगै कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ । पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित पुछारमा छ । कोलकाताले अव सोमबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ भने पन्जाबले बिहिबार बेंगलोसँगनै खेल्ने छ ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.