आईपीएल : पन्जाबकाे नाटकीय हार, कोलकाता २ रनले विजयी

२४ असोज ७७, आइतबार

२४ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पन्जाब कोलकाता नाइट राइडर्ससँग नाटकीय २ रनको हार बेहोरेको छ । शेख जायद स्टेडियम आबूधाबीमा आज भएको आइपिएलको २४ औं खेलमा एक समय सहज जिततर्फ अगाडि बढेको पन्जाबका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा २ रनको झिनो नाटकीय हार बेहोर्न पुगेको हो ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाउन सक्यो । पन्जाबलाई अन्तिम ६ बलमा जितको लागि १४ रन आवश्यक थियो । तर स्पिनर सुनिल नारायणले ११ रन मात्र खर्चेर १ विकेट लिएपछि कोलकाताले नाटकीय जित हात पारेको हो ।

Advertisement

एक समय पन्जाब सहज जिततर्फ अगाडि बढेको थियो । पन्जाबलाई जितको लागि अन्तिम १८ बलमा मात्र २२ रन आवश्यक रहँदा हातमा ९ विकेट रहेको थियो । तर १८ औं ओभरमा नारायणले २ रन मात्र दिएर १ विकेट दिए । १९ औं ओभरमा कृष्णाले २ विकेट लिएर ६ रन खर्चेपछि पन्जाबको जित कठिन बनेको थियो ।

अन्तिम ओभरको पहिलो बलमा स्पिनर सुनिल नारायणले ग्लेन म्याक्सवेललाई २ रन दिए । दोस्रो बल डट गराए । तेस्रो बलमा म्याक्सवेलले चौका प्रहार गरे । चौथो बलमा लेग वाईका रुपमा एक रन बटुले । पाँचौ बलमा मनदीप सिंह क्याच आउट हुन पुगे । अन्तिम बलमा म्याक्सवेलले चौका प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त थिएन ।

Advertisement

लोकेश राहुलले ५८ बलमा ६ चौका सहित ७४ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । राहुललाई प्रसिद्ध कृष्णाले १९ औं ओभरको अन्तिम बलमा बोल्ड आउट गरेपछि खेलले नयाँ मोड लिएको थियो । राहुलले ब्यक्तिगत दुई रनमा जीवनदान पाएका थिए । प्रसिद्ध कृष्णाको दोस्रो ओभरको दोस्रो बलमा बलमा ठूला सट खेल्न खोजेका राहुललाई लङअनमा आन्द्रे रसेलले क्याच छोड्न पुगेपछि जीवनदान पाएका थिए । त्यो जीवनदानको राहुलले फाइदा उठाएपनि अन्त्यमा अन्य ब्याट्सम्यान चल्न नसक्दा पराजित हुन पुगेको हो ।

पन्जाबका ओपनर मयंक अग्रवाल र लोकेशले पहिलो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी सहज जित बाटोमा डोर्याएका थिए । यी दुई ओपनरको साझेदारी १५ औं ओभरको दोस्रो बलमा प्रसिद्ध कृष्णाले अग्रवाललाई ५६ रनमा सुभमन गिलबाट क्याच गराउँदै तोडेका थिए । अग्रवालले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

१८ औं ओभरको दोस्रो बलमा सुनिल नारायणले निकोलस पुरनलाई १६ रनमा बोल्ड आउट गरे । पुरनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । म्याक्सवेल १० रनमा अविजित रहे । कोलकाता प्रसिद्ध कृष्णाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सुनिल नारायणले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । अन्तिम बलमा रन आउट हुनुअघि कार्तिकले २९ बलमा ८ चौका र २ छक्का सहित महत्वपूर्ण ५८ रनको योगदान दिए । गिल ४७ बलमा ५ चौका सहित ५७ रनमा रन आउट हुन पुगे । चौथो विकेटका लागि गिल र कार्तिकले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको चौथो बलमा ओपनर राहुल त्रिपाठीलाई ४ रनमा बोल्ड आउट गर्दै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको तेस्रो बलमा सुभमन गिलसँग तालमेल नमिल्दा नितेश राणा २ रनमा रन आउट भएपछि कोलकाता सुरुवातमा दबाबमा परेको थियो ।

तेस्रो विकेटका लागि ओईन मोर्गन र गिलले ४९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । स्पिनर रबि बिश्रोईले ११ औं ओभरको चौथो बलमा मोर्गनलाई म्याक्सवेलबाट २४ रनमा क्याच आउट गराए । मोर्गनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । १८ औं ओभरको पाँचौ बलमा दुई रन लिनेक्रममा गिल रन आउट हुन पुगेका थिए ।

युवा तीव्र गतिका बलर अर्शदीप सिंहले १९ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई प्रभशिम्रन सिंहबाट ५ रनमा क्याच आउट गराए । प्याट कमिन्स ५ रनमा अविजित रहे । कोलकाता तीन ब्याट्सम्यान रन आउट भएका थिए । रबि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा १ मेडन सहित २५ रन खर्चेर १ विकेट लिए ।

जितसँगै कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ । पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित पुछारमा छ । कोलकाताले अव सोमबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ भने पन्जाबले बिहिबार बेंगलोसँगनै खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top