एक हजारभन्दा बढी आप्रबासी स्पेनमा अवतरण – रेडक्रस

२४ असोज ७७, आइतबार

२४ असाेज, मड्रिड।
पछिल्ला चौबीस घण्टामा एक हजार भन्दा बढी अवैध अफ्रिकी आप्रवासीहरू स्पेनी क्यानरी टापुमा अवतरण गरिसकेका स्पेनी रेडक्रस सोसाइटीले जानकारी गराएको छ । रेडक्रसका अनुसार कम्तीमा १० बर्षमा अफ्रिकाबाट स्पेन पुग्ने आप्रबासी शरणार्थीको सङ्ख्या यति धेरै देखिएको थिएन ।

युरोपको किनारमा भूमध्यसागरीय मार्गमा टर्की, मोरक्को र लिबियाले कडा नियन्त्रण गरेपछि अफ्रिकी आप्रवासीहरू पछिल्ला केही दिनहरूमा क्यानरी टापुहरूतर्फ लाग्न थालेका हुन् । बिहीबारदेखि विभिन्न ३७ डुङ्गामा एक हजार १५ आप्रबासी, शरणार्थी लान्जारोट, फुर्तेभेन्तुरा, ग्रान्ड क्यानरिया र टेनेरिफ टापुहरूमा आइपुगेका छन् । ग्रान्ड क्यानरिया र टेनेरिफ क्षेत्रहरू अफ्रिकाको समुद्री तटबाट करिब ३०० किलोमिटर रहेका छन् ।

स्पेन रेडक्रसका प्रवक्ताले भन्नुभयोे, “धेरैजसो आप्रवासीहरू उत्तर अफ्रिका वा सब–सहारा क्षेत्रमा रहेका अफ्रिकी देशबाट आएका थिए र उनीहरूको स्वास्थ्य राम्रो रहेको पाइएको छ ।” उनीहरू सबैको कोभिड–१९ परीक्षण गरिएकोमा सबैको रिपोर्ट आइसकेको र कोही पनि सङ्क्रमित नभेटिएको रेडक्रसले जनाएको छ ।

Advertisement

यो सङ्ख्या झण्डै सन् २००६ तिरको तथ्याङ्कसँग मिल्दोजुल्दो पाइएको छ । उक्त समयमा मासिकरूपमा स्पेनी क्यानरी टापूमा पुग्ने आप्रबासीको सङ्ख्या करिब ३० हजारको हाराहारीमा रहेको थियो । यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्ममा करिब छ हजार आप्रबासी क्यानरी टापुमा अवतरण गरेका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब छ गुणा बढी हो ।रासस / एएफपी

Advertisement

भर्खरको समाचार

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

सम्बन्धित समाचार

Scroll to Top