NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

आईपीएल : बेंगलोरले हैदरावादलाई १० रनले हरायो

मङ्लबार अशोज ६ , २०७७
Reading Time: 1 min read
A A
आईपीएल : बेंगलोरले हैदरावादलाई १० रनले हरायो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । सोमबार राती दुबईमा भएको आईपीएलको तेस्रो खेलमा जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९।४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो ।

एक समय १५ ओभरमा १२१–२ को बलियो अवस्थामा रहेको हैदराबादका तल्लोक्रमका ब्याट्सम्यानले खराब प्रर्दशन गर्दा पराजित हुन पुगेको हो । हैदराबादलाई अन्तिम ३० बलमा ४३ रन आवश्यक रहँदा ८ विकेट हातमा थियो । हैदराबादले अन्तिम ३२ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको हो ।

हैदराबादका कप्तान तथा ओपनर डेभिड वार्नर दोस्रो ओभरको चौथो बलमा अप्रत्याशित ६ रनमा रन आउट भए । जोनी बेयरस्टोले उमेश यादवको बलमा सट खेल्नेक्रममा नन स्ट्राइकमा बलले स्टम्पमा लाग्दा वार्नर रन आउट हुन पुगेका थिए ।

LS Auto

दोस्रो विकेटका लागि जोनी बेयरस्टो र मनिष पान्डेले ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । १२ औं ओभरको अन्तिम बलमा युजभेन्द्र चहलले पान्डेलाई ३४ रनमा नवदीप सैनीबाट क्याच आउट गराए । पान्डेले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

चहलले नै १६ औं ओभरको दोस्रो बलमा बेयरस्टोलाई ६१ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । बेयरस्टोले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । लगतै अर्को बलमा चहलले विजय शंकरलाई बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । १७ औं ओभरको तेस्रो बलमा शिवम दुबेले प्रियम गर्गलाई १२ रनमा बोल्ड आउट गरे ।

 

अभिषेक शर्मा ७ रनमा रन आउट भए । दोस्रो रन लिने क्रममा राशिद खानसंग पिचको मध्यभागमा जुध्न पुग्दा अभिषेक आउट भएका थिए । राशिदलाई भने केहिबेर फिजियोको सहयोग लिनुपरेको थियो । १८ औं ओभरको चौथो बलमा नवदीप सैनीले भुवनेश्वर कुमारलाई शून्यमा बोल्ड आउट गरे । सैनीले अन्तिम बलमा राशिद खानलाई ६ रनमा बोल्ड आउट गर्दै जिततर्फ लम्काएका थिए ।

युजभेन्द्र चहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । डेल स्टेनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । बेंगलोरलाई ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ११ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डेब्यु खेल खेलि रहेका २० वर्षिय बायाँ हाते ब्याट्सम्यान पाडिक्कलले अर्ध शतक प्रहार गर्दै बेंगलोरलाई राम्रो सुरुवात दिलाए ।

विजय शंकरको ११ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा बिट हुँदै पाडिक्कल ५६ रनमा बोल्ड आउट हुन पुगे । उनले ४२ बलमा ८ चौका प्रहार गरे । लगत्तै १२ औं ओभरको पहिलो बलमा युवा स्पिनर अभिषेक शर्माले फिन्चलाई २९ रनमा एलबिडब्लू आउट गरे । फिन्चले २७ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

टि नटराजनको १६ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका कप्तान विराट कोहली मिडविकेटमा राशिद खानबाट १३ बलमा १४ रनमा क्याच आउट हुन पुगे । एबी डिभिलियर्स ३० बलमा ४ चौका र २ छक्का ५१ रनमा रन आउट हुन पुगे । डी भिलियर्स अन्तिम ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा मनिष पान्डेले लङअफबाट थ्रो फाल्दै विकेटकिपर जोनी बेयरस्टोले एबी डी भिलियर्सलाई रन आउट गराएका थिए । अन्तिम बलमा शिवम दुबे ७ रनमा रन आउट भए । जोश फिलिपे १ रनमा नट आउट भए ।

हैदराबादका अभिषेक शर्माले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विजय शंकरले १।२ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । राशिद खानले ४ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेनन् । अब हैदराबादले दोस्रो खेलमा शनिवबार कोलकाता नाइट राइडर्ससँग खेल्ने भने बेंगलोरले दोस्रो खेलमा किंस इलेभेन पञ्जाबसँग विहिबार खेल्ने छ ।

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.