आईपीएल : बेंगलोरले हैदरावादलाई १० रनले हरायो

६ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । सोमबार राती दुबईमा भएको आईपीएलको तेस्रो खेलमा जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९।४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो ।

एक समय १५ ओभरमा १२१–२ को बलियो अवस्थामा रहेको हैदराबादका तल्लोक्रमका ब्याट्सम्यानले खराब प्रर्दशन गर्दा पराजित हुन पुगेको हो । हैदराबादलाई अन्तिम ३० बलमा ४३ रन आवश्यक रहँदा ८ विकेट हातमा थियो । हैदराबादले अन्तिम ३२ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको हो ।

हैदराबादका कप्तान तथा ओपनर डेभिड वार्नर दोस्रो ओभरको चौथो बलमा अप्रत्याशित ६ रनमा रन आउट भए । जोनी बेयरस्टोले उमेश यादवको बलमा सट खेल्नेक्रममा नन स्ट्राइकमा बलले स्टम्पमा लाग्दा वार्नर रन आउट हुन पुगेका थिए ।

Advertisement

दोस्रो विकेटका लागि जोनी बेयरस्टो र मनिष पान्डेले ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । १२ औं ओभरको अन्तिम बलमा युजभेन्द्र चहलले पान्डेलाई ३४ रनमा नवदीप सैनीबाट क्याच आउट गराए । पान्डेले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

Advertisement

चहलले नै १६ औं ओभरको दोस्रो बलमा बेयरस्टोलाई ६१ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । बेयरस्टोले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । लगतै अर्को बलमा चहलले विजय शंकरलाई बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । १७ औं ओभरको तेस्रो बलमा शिवम दुबेले प्रियम गर्गलाई १२ रनमा बोल्ड आउट गरे ।

 

अभिषेक शर्मा ७ रनमा रन आउट भए । दोस्रो रन लिने क्रममा राशिद खानसंग पिचको मध्यभागमा जुध्न पुग्दा अभिषेक आउट भएका थिए । राशिदलाई भने केहिबेर फिजियोको सहयोग लिनुपरेको थियो । १८ औं ओभरको चौथो बलमा नवदीप सैनीले भुवनेश्वर कुमारलाई शून्यमा बोल्ड आउट गरे । सैनीले अन्तिम बलमा राशिद खानलाई ६ रनमा बोल्ड आउट गर्दै जिततर्फ लम्काएका थिए ।

युजभेन्द्र चहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । डेल स्टेनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । बेंगलोरलाई ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ११ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डेब्यु खेल खेलि रहेका २० वर्षिय बायाँ हाते ब्याट्सम्यान पाडिक्कलले अर्ध शतक प्रहार गर्दै बेंगलोरलाई राम्रो सुरुवात दिलाए ।

विजय शंकरको ११ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा बिट हुँदै पाडिक्कल ५६ रनमा बोल्ड आउट हुन पुगे । उनले ४२ बलमा ८ चौका प्रहार गरे । लगत्तै १२ औं ओभरको पहिलो बलमा युवा स्पिनर अभिषेक शर्माले फिन्चलाई २९ रनमा एलबिडब्लू आउट गरे । फिन्चले २७ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

टि नटराजनको १६ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका कप्तान विराट कोहली मिडविकेटमा राशिद खानबाट १३ बलमा १४ रनमा क्याच आउट हुन पुगे । एबी डिभिलियर्स ३० बलमा ४ चौका र २ छक्का ५१ रनमा रन आउट हुन पुगे । डी भिलियर्स अन्तिम ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा मनिष पान्डेले लङअफबाट थ्रो फाल्दै विकेटकिपर जोनी बेयरस्टोले एबी डी भिलियर्सलाई रन आउट गराएका थिए । अन्तिम बलमा शिवम दुबे ७ रनमा रन आउट भए । जोश फिलिपे १ रनमा नट आउट भए ।

हैदराबादका अभिषेक शर्माले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विजय शंकरले १।२ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । राशिद खानले ४ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेनन् । अब हैदराबादले दोस्रो खेलमा शनिवबार कोलकाता नाइट राइडर्ससँग खेल्ने भने बेंगलोरले दोस्रो खेलमा किंस इलेभेन पञ्जाबसँग विहिबार खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top