×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

परीक्षामा जुट्न थाले विश्वविद्यालय, त्रिविको कहिले ?

६ आश्विन २०७७

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९ ) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको छ ।

घरैबाट परीक्षा
यस क्रममा पूर्वाञ्चल विश्वविद्यालयले असोज दोस्रो साताबाट नियमिततर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा यस पटक अनलाइनबाट लिने गरी तय भएको विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवराज कोइरालाले जानकारी दिनुभयो । विश्वविद्यालयले यसलाई वैकल्पिक विधि अर्थात् निश्चित समयमा घरबाट दिने परीक्षाबाट लिने भएको हो । यो परीक्षा नियमिततर्फ सेमेस्टरमा
अध्ययनरत विद्यार्थीका लागि मात्रै रहेको जनाइएको छ ।

Advertisement
Advertisement

विश्वविद्यालय तथा कलेजका कक्षाकोठामा पठनपाठन खोल्ने अनुमति हाल नभएकाले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरिएको जानकारी विश्वविद्यालयका अधिकारीहरूले दिएका छन् । विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदा यसअघि कक्षा कोठामा दिएजतिकै समय विद्यार्थीलाई दिने जनाएको छ ।

नेसंविमा असोज १५ बाट
प्रविधिमा विद्यार्थीको पहुँच नभएपछि नेपाल संस्कृत विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने निर्णय गरेको छ । विश्वविद्यालयले पहिलो चरणमा असोज १५ बाट आयुर्वेद स्नातक (बीएएमएस) तहको नियमित तथा पूरक तहका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ । बीएएमएसतर्फ प्रथम, द्वितीय र तृतीय वर्षका विद्यार्थीको परीक्षा लिइने भएको हो ।

विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीले क्याम्पस तथा विद्यार्थीसित सम्पर्क गर्दा भौतिक उपस्थितिमै सामाजिक दूरी कायम गरेर परीक्षा लिन सुझाव आएकाले त्यसअनुसार अगाडि बढ्न लागिएको जानकारी दिनुभयो । यसका साथै विश्वविद्यालयले अन्य तहका परीक्षाको तयारीसमेत अघि बढाएको जनाइएको छ । यस क्रममा मङ्सिरमा शास्त्री प्रथम, द्वितीय, तृतीयका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ । काठमाडौँको वाल्मीकिमा सबैभन्दा धेरै विद्यार्थी रहेका र उपत्यकामा सङ्क्रमण बढेको अवस्थामा उक्त परीक्षा मङ्सिरमा लिने योजनामा विश्वविद्यालय पुगेको छ । शास्त्रीतर्फको विद्यार्थीको यो स्थगित परीक्षा हो ।

मध्यपश्चिमको परीक्षा १७ गतेबाट
मध्यपश्चिम विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा असोज १७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणको यो परीक्षा कात्तिक ६ भित्र पूरा गर्ने विश्वविद्यालयको कार्यतालिका छ । दोस्रो चरणमा मङ्सिरको पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिनुभयो । कुनै पनि तहमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र नबिग्रने गरी परीक्षा लिइने जनाइएको छ । एमफिल र विद्यावारिधि तर्फको पठनपाठनमा कुनै समस्या नरहेको जनाइएको छ ।

विश्वविद्यालयले बन्दाबन्दीको अवधिमा समेत कुनै पनि विद्यार्थीको परीक्षाफल प्रकाशन नरोकिएको जनाएको छ । बन्दाबन्दीकै अवधिमा विश्वविद्यालयले ४९ वटा परीक्षाफल प्रकाशित गरिएको जानकारी उपकुलपति सिंहले दिए ।

त्रिवि कार्यतालिका बनाउँदै
उच्च शिक्षामा सबैभन्दा धेरै विद्यार्थी भार वहन गरेको त्रिभुवन विश्वविद्यालयले भने परीक्षाका लागि तयारी गर्दै गरेको र यस विषयमा पदाधिकारी तहमा छलफल सुरु गरिएको जनाइएको छ । परिस्थिति हेरेर एक साताभित्र परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने जानकारी विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहको स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन । यसै साता स्थगित परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने विश्वविद्यालयको तयारी छ ।

Advertisement
Advertisement

लुम्बिनीमा परीक्षा जारी
लुम्बिनी बौद्ध विश्वविद्यालयले भौतिक तथा अनलाइनबाट स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । भौतिक तथा अनलाइन माध्यमबाट विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा ल्याएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले चालू परीक्षा सकिएलगत्तै स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षा सञ्चालनको तयारीमा आफूहरू रहेको जानकारी दिनुभयो । विदेशमै भएका विद्यार्थीलाई पनि अनलाइन माध्यमबाट परीक्षा लिने योजना बनाइएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top