फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू, एकै दिन ३६ करोड ८८ लाखको मुद्दा

६ असोज २०७७, मंगलबार
Share this
730shares

काठमाडौं : लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् ।

Advertisement

त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।विभागले निषेधाज्ञा खुलेपछि सोमबार एकै दिन राजस्व छलीमा संलग्न विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । विभागले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिने जनाएको छ ।

विभागले चितवनको सन्तोषी निर्माण सेवा, लतितपुर महानगरपालिका–१३ स्थित स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्स, बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एन्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नविरुद्ध सो परिमाणको राजस्व छलीको मुद्दा दायर गरेको हो ।

Advertisement

विभागका अनुसार सन्तोषी निर्माण सेवाका सञ्चालकसहित ३ जनाबाट कुल ६ करोड २२ लाख ७४ हजार २८८ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top