२९ जेठ, काठमाडौं ।
सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै बिहीबारदेखि पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउन एक मन्त्रीले बताए ।उनका अनुसार विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लकडाउन गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।यसबारे बिहीबार सरकारले विस्तृत जानकारी दिने उनले बताए ।