२२ कार्तिक, विराटनगर । आज हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउने गर्दछन् ।
मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुने गर्दछ । पौराणिक कथनअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहने हुँदा विवाह आदी कार्यहरु जुराउनु हुँदैन ।
तर आजदेखि विष्णु भगवान शयनबाट ब्युझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि उत्तम मानिन्छ । भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै पूजाआज गर्ने गरिन्छ ।
आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा समेत पुज्ने चलन रहिआएको छ । घरघरमा सजाइएको तुलसाको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गरिन्छ ।
आजको दिन व्रर्तबसी विराटनगरको नारायण मन्दिरमा पूजापाठ गर्ने भक्तजनहरुको भीड देखिन्छ । त्यस्तै देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो एवं विशेष मेला लाग्ने गर्दछ ।