आवाज निकालेर, धुवाँ बालेर सलहको झुण्ड बस्न नदिउँ : कृषि मन्त्रालय

१४ असार ७७, सोमबार

१४ असार, काठमाडौँ ।
सरकारले आवाज निकालेर, धुवाँ बालेर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शनिबारबाट नेपालमा पनि सलह किरा देखापरेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पु¥याउने अभियान चलाउन आग्रह गरेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउने सकिने बताएको छ । यस्तै टनेल भित्रको बालीलाई वरिपरिबाट किरा छेक्नेगरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. सुनिल अर्यालले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताए । किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाई केही दिन पर सारेर गर्दा पनि क्षति कम हुने फर्त ध्यान दिन उनले आग्रह गरे ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले अहिलेसम्म नेपाल आइपुगेको सलह किराको समूहले क्षति नपु¥याएको बताए । किराले क्षति नपु¥याएपनि ढुक्क भएर बस्ने अवस्था नभएको उल्लेख गर्दै उनले फेरी हावाको चाप नेपालीतिर भएको अवस्थामा प्रकोप आउन सक्ने सम्भावना रहेको बताए ।

मन्त्रालयले विषदीको लागत राख्न पनि आग्रह गरेको छ । स्थानीय एग्रोभेटहरुलाई सूसुचित गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ । खेतबारी, सार्वजनिक स्थान वा जंगलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । विषादी प्रयोग गर्दा साँझपख वा विहानै स्प्रेयरबाट छरेर सलह किरा मार्न सकिन्छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top