४ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई ३–० गोल अन्तरले हराएको छ ।
कोरोना महामारीका कारण तीन महिनापछि गएराति सुरु भएको खेलमा म्यान सिटीले सहज जित निकालेको हो ।
खेलमा म्यानचेस्टर सिटीका लागि रहिम स्टर्लिङ, केभिन डी ब्रायन र फिल फोडेनले एक एक गोल गरे । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ ।
शीर्षस्थानको लिभरपुलको समान खेलबाट ८२ अंक छ । पराजित टोली आर्सनल भने ४० अंकका साथ नवौं स्थानमा रहेको छ ।
प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।