३० कात्तिक, काठमाडौं।
कतारसँगको पहिलो डब्लूटि२० आई खेलमा नेपाली महिला क्रिकेट टोलीकी शीर्षक्रमकी ब्याटर इन्दु बर्मा प्लेयर अफ द म्याच चुनिएकी छिन् । मंगलबार कतारको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा भएकाे खेलमा नेपाललाई सानदार जित दिलाउन इन्दुले कीर्तिमानी अर्धशतक प्रहार गरेकी थिइन् ।
नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको छ । इन्दुले ४७ बलमा ५ चौका सहित ५५ रनको अविजित इनिङ खेल्दै रिटायर्ट हर्ट भएकी थिइन् । इन्दु नेपालका लागि डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । इन्दु बाहेक नेपालबाट सीता रानामगरले ३३ बलमा ५ चौका सहित ३९ र सरिता मगरले २१ बलमा २ चौका सहित २१ रन बनाएका थिए ।
जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अल आउट भयो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।
तीन डब्लूटि२० आई सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । नेपालले कतारसँग दोस्रो खेल बुधबार र तेस्रो खेल बिहीबार खेल्नेछ ।