इरानमा भएको सडक दुर्घटनामा २१ जनाको मृत्यु

0SHARES

२ आश्विन २०७५ नेपाल टाईम्स

तेहरान, असोज २
मध्य इरानको इजफाहान प्रान्तमा यात्रुवाहक बस र पेट्रोलियम पदार्थ बोकेको ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ ।

तेहरानबाट दक्षिणी शहर केर्मानतर्फ गइरहेको थियो सो बस मङ्गलबार बिहान सबेरै दुर्घटना भएको इजफाहानका प्रहरी अधिकारी जावद दोरोस्तकारले बताए ।

यात्रुवाहक बसमा सवार १९ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।
रासस/सिन्ह्वा

विज्ञापन बक्स