उपनिर्वाचनका लागि पाँच दल दर्ता

१६ बैशाख ७८, शुक्रबार

१७ बैशाख , काठमाडौं । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् ।

बाग्मती प्रदेशतर्फको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी दर्ता भएका हुन् ।

आयोगले उपनिर्वाचनका लागि बिहीबार राजनीतिक दल दर्ता टुंग्याएको हो भने दर्ता भएका दलहरूलाई निर्वाचन चिह्न दिँदै मतपत्रमा उनीहरूको क्रम संख्यासमेत निर्धारण गरिदिएको हो ।

यी विषयसहित आयोगले उपनिर्वाचनमा मतदान गर्ने मतदाताहरूको नामावलीसमेत टुंग्याएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसअनुसार उपनिर्वाचन प्रयोजनका लागि एमालेले सूर्य चिह्न पाएको छ भने मतपत्रमा एमालेको क्रम संख्या एक निर्धारण भएको छ । यसैगरी, कांग्रेसले चिह्न रूख पाएको छ भने क्रम संख्या दुई निर्धारण भएको छ ।

यस्तै, माओवादी केन्द्रले गोलाकारभित्रको हँसिया हथौडा चिह्न पाएको छ भने क्रम संख्या तीन निर्धारण भएको छ ।

यसैगरी राप्रपाले चिह्न हलो पाएर मतपत्रको क्रम संख्या चार पाएको छ भने नेमकिपालाई मादल चिह्न पाएर मतपत्रको क्रम संख्या पाँच निर्धारण गरिएको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top