विराटनगर,असोज ९
चर्चित पत्रकार ऋषि धमलाकी श्रीमतीद्वारा निर्मित तथा अभिनित नेपाली कथानक चलचित्र अनुराग यही असोज १२ बाट प्रर्दशनमा आउने भएको छ । चलचित्र प्रचारका क्रममा चलचित्रको टोली विराटनगर आएको छ ।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दे टोलीले आउदो असोज १२ गतेबाट देशभरका सिनेमा हलमा सो चलचित्र प्रदर्शनमा ल्याइने चलचित्रकी अभिनेत्री एवम निर्मात्री एलिजा गौतमले जानकारी दिए ।
सत्यराज चौलागाईले निर्देशन गरेको चलचित्रमा समुद्र पण्डित,एलिजा गौतम,सरोज खनाल,रुपा राना,राजाराम पौडेल लगायतको अभिनय रहेको निमार्ण पक्षले जनाएको छ । चलचित्रको निर्माणमा एक करोड खर्चिएको बताइएको छ।