एफबीआईले बनाएको एपबाट विभिन्न अपराधमा संलग्न ८ सय बढी पक्राउ

२६ जेष्ठ, एजेन्सी । अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीहरूले बनाएको एपबाट विभिन्न अपराधमा संलग्न ८ सयभन्दा बढी पक्राउ परेका छन् ।

अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई)ले एएनओएम नामक एप बनाएको थियो । यसलाई सादा पोशाकमा खटिएका सुरक्षा अधिकारीहरुले नै आपराधिक गिरोहका नाइकेहरुलाई दिएका थिए ।

एपबाट आदानप्रदान हुने ‘मेसेज’हरू गोप्य हुने भएकाले संसारभर विभिन्न अपराधमा संलग्न अपराधीहरूले यो एप चलाउन थाले । यो एप प्रयोग गर्न थालेपछि उनीहरुको योजना थाहा पाउन प्रहरीलाई सजिलो भएको थियो ।

Advertisement

प्रयोगकर्ताले एपमार्फत् एक अर्कासँग आपराधिक योजना आदानप्रदान गर्न थालेका थिए । अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन गराउने अधिकारीले तीन वर्षदेखि अपराधमा सलंग्न व्यक्तिहरुको खोजीका लागि अपरेशन सुरु गरेका हुन् । यस क्रममा उनीहरुले दुई करोड म्यासेजहरु प्राप्त गरे भने कयौँ देशबाट सयौँलाई हिरासतमा लिए ।

विश्वमा वर्षौंदेखि संगठित अपराधलाई भत्काउन तथा अन्तर्राष्ट्रिय रुपमा भईरहेको लागुऔषधको कारोबारलाई नियन्त्रण गर्न, हतियार तथा विस्फोटक पदार्थको तस्करी र हत्याबारे छलफल गर्न एप बनाईएको थियो ।

जसलाई अपराधीहरुले यसरी विश्वास गरे कि उनीहरुले कुनै कोड भाषामा नभई यसमा तस्करी, अपहरण तथा अन्य आफ्ना गतिविधिबारे सिधै सरल भाषामा एक अर्कालाई भन्ने गर्दथे ।

मंगलबार, यो अपरेशनबारे जानकारी दिँदै अधिकारीहरुले ४५ भाषामा कयौँ देशबाट २ करोड भन्दा धेरै ‘म्यासेज’ प्राप्त गरेको र ८ सय भन्दा धेरैलाई पक्राउ गरेको जानकारी दिए। धेरैजसो गएको दुई दिनमा पक्राउ परेका थिए ।

यो एपमा लागुपदार्थ, जाँड रक्सीको कारोबार, धन सञ्चित तथा उच्चस्तरीय भ्रष्टाचारबारे चर्चा परिचर्चा गर्न र जानकारी दिन खुला गरिएको थियो ।

अपराधीहरुले यो एपलाई गोप्य मान्दै सजिलै सबै जानकारी दिन थाले । यसैक्रममा अधिकारीहरुले उनीहरुको सन्देश तथा जानकारी जफत गर्दै अनुसन्धान थाले ।

यो एपको माध्यमबाट गरिएको अपरेशनमा अधिकारीहरु अन्तर्राष्ट्रिय रुपमा संगठित अपराधलाई नियन्त्रण गर्न सफल भए । युरोप तथा युरोपेली एजेन्सीले यसलाई अपराधविरुद्धको लडाईंमा अहिलेसम्मकै ठूलो सफलताको रुपमा वर्णन गरेका छन् । उनीहरुले आदानप्रदान गर्ने मेसेजहरूको आधारमा अहिलेसम्म ८ सयभन्दा बढीलाई पक्राउ गरिएको हो ।

अहिलेसम्म अष्ट्रेलियामा २ सय २४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डमा ४९ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको एफबीआईले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top