एमाले स्थायी कमिटीको बैठक सर्‍यो, मंगलबार बस्ने

796SHARES

१७ जेठ, काठमाडौँ ।

नेकपा एमालेको स्थायी कमिटीको बैठक सरेको छ ।

आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कमिटीको बैठक मंगलबार बिहान ११ बजे बस्नेगरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । राष्ट्रियसभा उपनिर्वाचनका कारण बैठक धकेलिएको बताइएको छ ।

यसअघि आइतबार साँझ बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा, स्पष्टीकरण सोधिएका पार्टीका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण