एसईईको नतिजा सार्वजनिक , यसरी हेर्नुहाेस् नतिजा

विराटनगर,असार ९
माध्यामिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज बैठक बसी नतिजा प्रकाशित गरेको हो ।

गत चैतमा लिईएको एसईई परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए।उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् । यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

एक्जाम्टेडतर्फ १६ हजार ५७२ परीक्षार्थी सहभागी थिए । उनीहरु मध्ये ए प्ले ग्रेडमा कोही पनि छैनन् भने ए मा २ जना र बी प्लसमा २१ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

Advertisement

एसईईको नतिजा एसएसमएस, अइभीआर तथा वेबसाइटबाट हेर्न सकिने छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ ।

यहाँ बाट थाहा पाउन सकिन्छ नतिजा,क्लिक गर्नुहास् ।
शिक्षा मन्त्रालय, शिक्षा विभाग सानोठिमी भक्तपुर, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुर, नेपाल टेलिकम ,एनसेल  ,    edusanjal.com  र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ। थप जानकारीको लागि तल हेर्नुहास् ।
केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top