कार्यदलको अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छः मन्त्री अधिकारी

८ असार ७५, शनिबार

काठमाडौँ, असार ९

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा रहेका तीनवटा प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय भइनसकेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवको शुभारम्भ गर्दै उनले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई एकीकरण गर्ने विषय उठेपनि निर्णय भइनसकेको बताएका हुन्।

Advertisement

मन्त्री अधिकारीले यी तीन वटा प्रतिष्ठानको फरक चरित्र रहेको भए पनि सशक्तरुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको अवस्थामा त्यसलाई एकीकरण गर्ने वा नगर्ने भन्नेबारेमा अध्ययन गर्न कार्यदल गठन भएको र त्यसको प्रतिवेदनका आधारमा निर्णय लिइनेछ भने ।

प्रतिष्ठानको वार्षिकोत्सवका सन्दर्भमा गरिने कविता सम्मेलनले साहित्य सिर्जनामा राम्रो प्रभाव पार्ने र वरिष्ठ तथा कनिष्ठ कविलाई एकै स्थानमा प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान हुने पनि उनले बताए ।

Advertisement

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति विष्णुविभु घिमिरे, सदस्यसचिव जीवेन्द्रदेव गिरी, कवि महोत्सवका संयोजक अमर गिरीलगायतले प्रतिष्ठानका विभिन्न विभागले अहिलेसम्म गरेका विभिन्न कार्यक्रम तथा गतिविधिका बारे प्रकाश पारे ।

महोत्सवमा २१ जना कवि अतिथि तथा ३६ जना कवि प्रतियोगीका रुपमा सहभागी थिए ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top