१८ फागुन, विराटनगर ।
सामसुङ नेपालले आफ्नो प्रि–अर्डर अफर अन्र्तगत ‘एस २०’ स्मार्टफोन बजारमा ल्याएको छ । नेपालमा फागुन ३० देखि ग्यालेक्सी ‘एस २०’ र ‘एस २०’ प्लस उपलब्ध हुनेछ । साथै प्रि अर्डर गर्ने उपभोक्ताले मिति अगाडि नै पाउन सक्नेछन ।
ग्यालेक्सी ‘एस २०’को एक लाख सात हजार ४ सय ९९ रुपैँया र ‘एस २०’ प्लसको एक लाख १९ हजार ४ सय ९९ रुपैँया मुल्य रहेको छ । यस मोबाईलको प्रि अर्डर विराटनगरस्थित एटु जेड मोबाईल केयरमा पनि गर्न सकिने एटु जेड मोबाईल केयरका सञ्चालक जगदीश डागाले जानकारी दिए । उनका अनुसार प्रि–अडर अफर अन्र्तगत ‘एस २०’ प्लसका लागि ग्यालेक्सी बड्स फ्रि र ‘एस २०’का लागि २९९९ रुपैँया थपेर ग्यालेक्सी बड्स पाउन सकिन्छ अथवा ‘एस २०’ प्लसका लागि ५९९९ रुपैँया थपेर ३२ इन्च सामसुङ एलईडी टिभी र ‘एस २०’का लागि ८९९९ थपेर थपेर ३२ इन्च सामसुङ एलईडी टिभी पाउन सकिन्छ ।
सामसुङको यो फ्ल्यागसिप डिभाइसमा नँया परिवर्तन गरिएको छ । जसले ग्राहकलाई थप सहजता प्रदान गर्दछ । सामसुङ ग्यालेक्सी सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न सजिलो बनाएको छ । ग्यालेक्सी एस २० सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो । यसमा उच्चस्तरीय फोटो तथा भिडियो सम्पादन गर्न सकिन्छ ।