२५ कात्तिक, काठमाडाैँ ।
कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । एन्फा र कान्तिपुर टेलिभिजनबीच बिहीबार सम्झाैता भएकाे हाे ।
कान्तिपुरले एन्फासँग एक बर्षका लागि प्रशारण अधिकार लिएको हो । सम्झौता पत्रमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनका तर्फबाट मार्केटिङ म्यानेजर गौरी दाहालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कान्तिपुरका सुरज सिंह ठकुरीको पनि उपस्थिति रहेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको ए डिभिजन लिग विभिन्न चारवटा मैदानमा गर्ने तयारी गरिएको छ । कान्तिपुर टेलिभिजनबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलहरु प्रत्यक्ष प्रशारण हुने छ । ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदै छन् ।
१४ टिमको सहभागीता रहने ए डिभिजन लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्ने छ ।