काठमाडौँ,चैत १
बर्षको प्रतिक्षित चलचित्र मानिएको ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक भएको छ । नेपाल लगायत अमेरिकाको रमणिय स्थानमा छायाँकन गरिएको ‘जिन्दगी नै भन्दिन’ बोलको गित शुक्रबार सार्वजनिक भएको हो ।
गितको भिडियोमा चलचित्रका मुख्य नायक अनमोल केसी र नव नायिका सुहाना थापाको केमेष्ट्रि देख्न सकिन्छ । भिडियोमा आर्कषक दृश्यको साथमा यो जोडीलाई पनि निकै राम्रो देखिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
गीतमा गायक सुगम पोखरेल र प्रविशा अधिकारीको मुख्य भूमिका रहेको छ ।गीतमा एकनारायण भण्डारीको शब्द र आकाश अविरलको संगीत रहेको छ । झरना थापाको निर्देशन तयार भएको चलचित्रमा अनमोल र सुहानाको साथमा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ। सुनिल कुमार थापा निर्माता रहेको चलचित्र चैत्र २९ गतेबाट रिलिज हुदैछ।