×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

ओलीलाई थप कारबाही गर्नुपर्ने अवस्था आयो : माधव नेपाल

१ माघ, काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

Advertisement
Advertisement

नेपाल बुद्धिजीवी संगठनले बिहीबार गरेको ‘प्रतिनिधिसभा विघटन : प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा बाेल्दै  अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले भने, ‘ओली नेकपाका अध्यक्ष होइनन्, उनको गुट हो । उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्नेछ ।’

उनले ओलीले घोषणा गरेको निर्वाचन हुने सम्भावना नरहेको पनि धारणा राखेका थिए । नेपालले मुलुकले केपी शर्मा ओलीको भार धेरै बोकिराख्न नसक्ने बताएका छन् । विभिन्न अध्यादेशदेखि संसद् विघटनसम्मका गतिविधि र ३ वर्षको कार्यकालको समीक्षा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई विश्राम लिन सुझाएका छन् । नेपालले भने, ‘अब ओलीले विश्राम लिनुपर्छ, ओलीको बोझ यो देशले बोक्न सक्दैन ।’

Advertisement
Advertisement

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि प्रचण्ड–ओली समूहले बहुमत सदस्यको बैठक राखेर ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top