ओली र दाहाल आमने सामने, दुबैका प्रस्तावमा छलफल सुरु

१६ मंसिर, काठमाडाैँ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ । मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो ।

आजको बैठकमा अध्यक्षद्वयले आ—आफ्नो धारणा राखेपछि औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठक भोली दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उनले बताए। सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनसँगै पार्टीभित्र देखिएको संकटको जड र समाधानका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठको भनाई छ । उनले भने, ‘‘अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्ताव, पार्टीमा संकट आउनुको कारण, त्यसको समाधानका र निकासका बारेमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ ।’’

उनले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि बताए। यसअघि नै मंसिर १८ गतेका लागि बैठकको मिति निर्धारण भएकाले पूर्वनिर्धारित मितिमै बैठक बस्ने उनले बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top