एजेन्सी, माघ २७
साउथ कोरियाको फिल्म ‘प्यारासाइट’ ओस्कार अवार्डमा उत्कृष्ट फिल्म घोषित भएको छ । अमेरिकाको लस एन्जेलिस शहरको डल्बी थिएटरमा भएको संसारको सबैभन्दा प्रतिष्ठित फिल्म अवार्ड ९२ औं ओस्कार अवार्डमा ‘प्यारासाइट’ उत्कृष्ट फिल्म घोषित भएको हो ।
फिल्मले बेस्ट फिल्मसँगै बेस्ट ओरिजिनल स्क्रिनप्ले विधामा समेत अवार्ड पाएको छ । निर्देशक बोङ जोन हो निर्देशित फिल्म ‘प्यारासाइट’ दुई परिवारको कहानीमा आधारित भएर बनेको हो । यो फिल्ममा आर्थिक रुपमा सम्पन्न एक परिवार र एक गरिब परिवारबीच साउथ कोरियाको क्लास स्ट्रग्ल देखाइएको छ । यो फिल्मले अस्कारमा बेस्ट फिल्मसँगै, बेस्ट डाइरेक्टर, बेस्ट ओरिजिनल स्क्रिनप्ले र बेस्ट इन्टरनेशनल फिल्मको अवार्ड पनि जित्न सफल भएको छ ।
त्यस्तै, अस्कार अवार्डमा अभिनेता वकिन फिनिक्सले फिल्म ‘जोकर’ बाट बेस्ट एक्टरको अवार्ड जितेका छन् । वाकिन यो अवार्डका लागि सबैभन्दा प्रवल दावेदार मानिएको थियो । फिल्म ‘जुडी गार्लेन्ड’ मा आफ्नो परफर्मेन्सबाट दर्शकको मन जितेकी अभिनेत्री रीन ग्लेवेगरले बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भएकी छन् ।
त्यस्तै २औं अस्कार अवार्डमा ‘वन्स अपन अ टाइम इन हलिउड’ बाट ब्राड पिट उत्कृष्ट सहायक अभिनेता घोषित भए । सिनेमाटोग्राफर रोजर डिकिन्सले ‘१९१७’ बाट बेस्ट सिनेमाटोग्राफरको अवार्ड जिते । साम मेन्डेसको यो फिल्मले अस्कारमा तीन अवार्ड जितेको छ । बेस्ट सिनेमाटोग्राफीसहित बेस्ट भिजुएल इफेक्ट्स र बेस्ट साउन्ड मिक्सिङमा फिल्मले अवार्ड जितेको हो ।