५ कात्तिक, काठमाडौं ।
कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।
वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।