योगेन्द्र योगी
१५ असार, दोहा ।
कतारबाट साेमबार १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन्।
कतारस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार पहिलो चरणको चौथो उडानमार्फत् ३२ जना महिला र १ सय १६ जना पुरुष स्वदेश फर्केका हुन् ।
दोहाबाट काठमाण्डौँका लागि नेपाल वायुसेवाको न: २३९२ को उडानमा हालै दोहामा मृत्यु भएका एक जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको दूतावासले जनाएको छ ।
प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।उनीहरुलाई बिदाई गर्न दूतावासका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
यसैगरि अर्को उडान जुन ३० मा हिमालय एयरलाइन्स मार्फत हुने तय भएको दूतावासले जनाएको छ ।