काठमाडौँ,भदौ २६
नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरि अभिनीत चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ ।
बोर्डले युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन निर्देशन दिएको हो ।नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको छ ।
चलचित्र विकास बोर्डले यस्तो दृश्यले सामाजिक मर्यादामा खलल् पुग्ने देखिएकाले यथाशिघ्र हटाउन निर्देशन दिएको हो ।बोर्डले प्रोमो नहटाइएको खण्डमा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
बोर्डले यो पत्र वोधार्थको रुपमा संचार तथा सूचना प्रविधी मन्त्रालयको श्रव्यदृश्य शाखामा पनि पठाएको छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुँदैछ ।