कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, नेपाली कांग्रेसले दुईवटा मन्त्रालय पाउँदै

539SHARES

२२ जेठ, सुर्खेत ।

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई समेत समेटेर मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् ।

कांग्रेसले बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाइ दिएको थियो । सरकारलाई विश्वासको मत दिएको दुई महिनापछि कांग्रेस पनि सरकारमा सहभागी हुन लागेको हो ।

दुईजना मन्त्रीसहित कांग्रेस सरकारमा जान लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।

सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई सिफारिस गरिएको उनको भनाइ छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कांग्रेस र एमालेका खनाल–नेपाल समूहका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पद जोगिएको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण