कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार ?

२१ बैशाख ७८, बुधबार

२२ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ । य

सअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो । यतिमात्रै होइन, केन्द्रीय समितिले कांग्रेसकैै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको थियो ।

राजनीतिक अविश्वास र संकट चुलिँदै गएका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेका छन् ।

Advertisement

विपक्षी दलहरू अविश्वासको प्रस्ताव ल्याउन हिचकिचाइरहेका बेला प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत पाउलान ? संसद्मा रहेका अन्य दलहरूको मात्र होइन, प्रधानमन्त्री ओलीकै पार्टी एमालेभित्र विवाद भएकाले आफ्नै सांसदको मत पनि उनको पक्षमा पर्ने स्पष्ट छैन।

Advertisement

वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितले पार्टी अध्यक्षका रूपमा ओलीले विगतमा गरेका निर्णय नसच्याए सामूहिक राजीनामा गर्ने बताउँदै आएका छन् ।

माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। माओवादी स्थायी समिति बैठकले ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने र यसबारे बुधबार संसद् सचिवालयलाई जानकारी गराउने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top