कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त

842SHARES

११ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । सामाजिक सञ्जालमार्फत शर्माले आफू र परिवारका सदस्य निको भएको जानकारी दिए ।

शर्माले भने , ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौँ हामी ! शारीरिक कमजोरी केही समय रहला तर अब सङ्क्रमणमुक्त बनेका छौँ । सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारी छौँ।

कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपिल गर्दै,सङ्क्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौँ ।’

शर्मालाई गएको वैशाख २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण