१४ कात्तिक, काठमाडौं ।
काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गर्दा दुर्घटनामा परेको हो ।
तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।