काठमाडौंलाई पराजित गर्दै धनगढी फाइनलमा

२८ बैशाख ७८, बुधबार

२९ बैशाख, काठमाडौँ । धनगढी एफसी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो प्ले अफमा काठमाडौं रेजर्सलाई २१ले पराजित गर्दै धनगढीले फाइनलको यात्रा तय गरेको हो ।

खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए ।

तर, ७८औं मिनेटमा धनगढीका पुजन उपरकोटीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको १०८औं मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई २–१ को जि दिलाए ।

पहिलो प्ले अफमा हार बेहोरेको काठमाडौं रेजर्सले पुनः एक अवसर पाउनेछ । । काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ ।

इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ । ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top