काठमाडौका जनप्रतिनिधि पुगे ल्याण्डफिल्ड साइड रहेको बन्चरेडाँडाँ

0SHARES

१८ पुष २०७६ नेपाल टाईम्स

१८ पुस, काठमाडौं ।
स्थानीयको अवरोध आएपनि नुवाकोटको बन्चरे डाँडाँमा ल्याण्डफिल्ड साइडको निर्माण नरोकिने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

शुक्रबार नुवाकोटको बन्चरे डाँडाँमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइडको अनुगमन तथा निरिक्षण गर्ने क्रममा विभागका उपमहानिर्देशक पद्म मैनालीले स्थानीयको अवरोध भएपनि निर्माण कार्य नरोकिने बताए ।

उनले ल्यान्डफिल्ड साइड निर्माणमा स्थानीयको कुनै अवरोधन नहुने र आगामी फागुनको पहिलो साता सम्ममा पूर्वाधार निर्माणको सम्पूर्ण काम सकिने बताए । छिटो काम गरी वैज्ञानिक ल्याण्डफिल्ड साइड हो भन्ने नदेखाउँदा सम्म विरोध भइरहने समेत उनले बताए ।

बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ । त्यसका लागि नेप वेष्ट प्रालि. ले नुवाकोटको बन्चरेडाँडाँमा ल्याण्डफिल्ड निर्माणको काम गरिरहेको छ ।

नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि १४ वर्ष सम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । त्यसैले बन्चरेडाडाँमा पनि त्यही समस्या दोहोरिने आशंका स्थानीयले गरेका छन् ।

निरिक्षणका क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयको माग जायज भएकाले सम्बोधन गरेर मात्रै फोहोर व्यवस्थापन गरिने बताए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय समस्याको समाधान नगरी काम गर्न नसकिने भएकाले कार्यतालिका बनाएर काम गर्न आफुहरु तयार रहेको बताए ।

बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर स्थानीयले विकासका पूर्वाधारहरु आफुहरुसम्म नपु¥याउँदा सम्म अझैपनि फोहोर व्यवस्थापन गर्न नदिने बताएका छन् ।

त्यसैले ल्याण्डफिल्ड साइडमा पूर्वाधारको निर्माण भएपनि फोहोर व्यवस्थापनमा अवरोध हुने सम्भावना भने उत्तिकै छ ।

विज्ञापन बक्स