८ कात्तिक, काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीले कात्तिक १८ गतेबाट आन्दोलनमा बस्ने घोषणा गरेका छन् ।
डा. केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कात्तिक ८ सम्म पूरा नभए कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए। तर, उनले आफ्नो अल्टिमेटम मिति आउन ५ दिन बाँकी छँदा आफ्नो निर्धा्रित अनशन कार्यक्रमलाई केही अगाडी सारेका छन् ।
हिन्दूधर्मालम्बीको दोस्रो ठूलो चाड तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीले बताएका छन् । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् छन् ।
सरकारलाई दबाव दिन उनले १६ पटकसम्म अनशन बसिसकेका छन् । सरकारले माग पूरा नगरी पुनः केसीलाई अनशन बस्न बाध्य पारेमा त्यो उनको १७ संस्करण हुनेछ ।