कृषि क्रान्तिको बाटोमा सुदूरपश्चिम, अब मल बिउ अभाव नहुने !

bhumi byawastha, krishi mantralaya, sudhurpaschhim

२७ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा कृषि गतिविधि सञ्चालन गरिन लागेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान,प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको छ ।

Advertisement

नेपालमा किसानहरुले मल खाद र सहज रुपमा बिउ बिजन पाउन सक्ने अवस्था छैन् । धान रोप्दा आवश्यक पर्ने मल सरकारले धान पाकेर थन्काइसक्दा समेत वितरण गर्न सकेको छैन । धान रोप्नुभन्दा पहिले नै नेपालमा युरिया मल ल्याइसक्ने सरकारी तयारी धान काटेर गहुँ रोप्ने बेलासम्म पनि आइनपुग्नु यसको गतिलो उदाहरण हो ।

यद्यपी सरकारले गत सोमबार मात्रै जीटुजी माध्यमबाट बंगलादेशसँग मल किन्ने निर्णय गरेको छ । सरकारले समयमा आवश्यक बिउ बिजन उपलब्ध गराउन नसक्ने तथा कृषकहरुले समेत आवश्यक तालिम पाउन नसक्दा कृषि क्षेत्रमा सोचे अनुरूप उपलब्धि हुन सकेको छैन ।

यो अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउन लागेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको हो ।

अनुसन्धान केन्द्र स्थापना भएपछि सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने कृषि व्यवसाय, प्रवद्र्धन तथा सहयोग तालिम केन्द्र कञ्चनपुरका प्रमुख टिकाराम थापा बताउँछन ।

प्रदेश सरकार र स्थानीय तहबीच समन्वयन भएर नै अनुसन्धान केन्द्र निर्माण गरिने भएको हो । प्रदेशले अगाडी सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले सुदूरपश्चिम प्रदेशलाई नै फाइदा पुग्ने पूनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले बताए ।

केन्द्र स्थापना भएपछि रोजगारी सृजना हुने र स्थानीयहरुलाई प्रत्यक्ष रुपमा फाइदा हुने उनले बताए । प्रदेशभरी नै बिउ बिजन उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले पटक पटक टेण्डर आह्वान गर्दा पनि सहज रुपमा मल र बिउ बिजन उपलब्ध नहुने समस्याको समाधान हुने बताए ।

स्थानीय कृषकहरु भने आफ्नै क्षेत्रमा गुणस्तरिय बिउ बिजन र मल उत्पादन हुने भएपछि खुसी भएका छन् । सीमावर्ती क्षेत्र भारतबाट गुणस्तरहिन बिउ र मल ल्याएर प्रयोग गर्दै आएका किसानहरुले सरकारी योजनाको स्वागत गरेका छन् ।

समयमा बिउ नपाइने र भारतबाट ल्याएको बिउ र मल गुणस्तरहित हुने समस्या गरेकोमा अध्ययन केन्द्र स्थापना भएपछि सहज हुने किसानहरुको भनाई छ ।

अध्ययन केन्द्र स्थापनाका लागि व्यवस्थापन समिति गठन गरी निर्देशिका समेत तयार पारिएको छ । सुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धानका लागि अहिलेसम्म कुनै व्यवस्था नभएकोमा यहाँ सो केन्द्र स्थापना भए कृषि अनुसन्धान पनि गरिने छ ।

उसोे त यस अघि पनि यस्ता निति र कार्यक्रम भने नआएका होइनन् तर कार्यान्वयनमा सरोकारवालाहरुको ध्यान केन्द्रित नहुदा प्रभावकारी हुन सकेका छैनन् । यसतर्फ भने सबैको ध्यान जान जरुरी रहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top