२२ जेठ, काठमाडौँ ।
पाल्पाको पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पु?षको कोरोना संक्रमणले मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मृत्युको पुष्टि गरेका हुन् ।
मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिनअघि आएका र क्वारेन्टाइनमा रहेका थिए । स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको हो ।