कोरोनाविरुद्ध साझेदार संघसंस्थालाई सहयोग गर्न स्वास्थ्य मन्त्रालयको अपिल

२७ बैशाख ७८, मंगलबार

२८ बैशाख, काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रमा साथ दिँदै आएका साझेदार संघसंस्थाहरूसँग सहयोगको अपिल गर्दै पत्राचार गरेको छ ।

मन्त्रालयले कोभिडविरुद्धको लडाइँमा अत्यावश्यकीय स्वास्थ्य उपकरण र सामग्रीहरूको संकट चुलिँदै गएकाले सहयोगको अपिल गरेको छ ।

कोभिडसँग लड्न मानवीय सहायताको हात बढाइदिन भन्दै मन्त्रालयले गरेको पत्राचारमा ४१ विभिन्न सामग्री सहयोग गरिदिन आग्रह गरिएको छ ।

मन्त्रालयले अक्सिजन जेनेरेसन प्लान्ट ७ वटा, लिक्विड अक्सिजन १० ट्यांक र प्रतिदिन २० टन अक्सिजन, १० हजार अक्सिजन कन्सन्टेटर, ९ सय भेन्टिलेटर ३० दिनभित्र उपलब्ध गराइदिएर सहयोग गर्न पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै ३० दिनभित्र ६० हजार पल्स अक्सोमिटर, हाई फ्लो नेजल क्यानुला (१ हजार) को सहायता मन्त्रालयले माग गरेको छ । मन्त्रालले सर्जिकल मास्क ३४ करोड, पन्जा ५० करोड १५ दिनभित्र आवश्यक पर्ने पनि उल्लेख गरेको छ ।

मन्त्रालयले संक्रमणको दर बढ्दै जाँदा टेन्टमै राखेर भए पनि उपचार गर्नुपर्ने परिस्थिति आउने भन्दै १ सय ५० वटा अस्पताल सञ्चालन गर्न सकिने खालको टेन्ट उपलब्ध गराइदिन अनुरोध गरेको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको अनुरोधमा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

त्यस्तै आइसोलेसन सेन्टर स्थापनाका निम्ति १ सय ५० वटा टेन्ट र ८ वटा सूचना–प्रविधि तथा क्लिनिकल म्यानेजमेन्ट कल सेन्टर ३० दिनभित्र स्थापना गरिदिएर सहयोग गरिदिन पनि मन्त्रालयले सहयाग गर्न समेत आग्रह गरेको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top