१२ चैत्र, एजेन्सी ।
भारतले कोरोना संक्रमणमा प्रयोग भइरहेको हाइड्रोक्सिक्लोरोक्वाइन निर्यातमा प्रतिबन्ध लगाएको छ ।
हाइड्रोक्सिक्लोरोक्वाइनसहित यो औषधि प्रयोग गरेर बनाइने सबै प्रकारका औषधि निर्यातमा भारतले प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि नै लागू भएको भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
भारतको विदेश मन्त्रालयले भने अत्यावश्यक अवस्था हेरेर हाइड्रोक्सिक्लोरोक्वाइन अन्य कुनै पनि राष्ट्रमा निर्यात गर्न सक्ने जनाएको छ ।
मलेरियाविरुद्ध प्रयोग हुने यो औषधि कोरोनाविरुद्ध समेत प्रयोग गरिँदै आएको छ । तर हाल परीक्षणका रूपमा मात्रै प्रयोग गरिएकोले चिकित्सकको सल्लाहबिना यसको प्रयोग गर्न नहुने सुझाव दिइएको छ ।