२० भदौ, जनकपुुुरधाम ।
जनकपुरमा स्कुलअफ डेमोक्रेसी कोभिड १९ क्विक रेस्पोन्स टिमले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्कुल अफ डेमोक्रेसीले कोरोना महामारीको समयमा अन्य बिरामीको उपचार प्रभावित भएको भन्दै जनकपुरधाम उपमहानगरपालिका १ धर्मवान टोलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको जनाइएको छ ।
स्वास्थ्य शिविरमा १ सय ४७ जना विरामीले उपचार पाएको आयोजकका तर्फबाट राकेश बिक्रम साहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरुले उपचार सेवा पाएका थिए ।
यसका साथै बिरामीहरुलाई निःशुल्क औषधि समेत उपलब्ध गराइएको उनले बताए । यस्तै कोरोना महामारीमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम पनि गरिएको छ । महामारीको समयमा रेडक्रसमा समेत रगतको अभाव हुन थालेपछि सोही अभावलाई ख्याल गर्दै जनकपुरधाम उपमहानगरपालिका ७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए ।